संसद्को शून्य समयमा जनार्दन शर्माले उठाए ५ विषय
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रतिनिधिसभा बैठकको शून्य समयमा पाँच विषय उठाएका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी सांसद शर्माले विकास निर्माण, अनियमितता र सहमति कार्यान्वयनका विषय उठाएका हुन् ।
उनले आन्दोलनरत शिक्षकका माग सम्बोधन गरी सम्झौता लागु गर्न सरकारसँग माग गरेका छन् ।
हुलाकी मार्गका दुई र पुष्पलाल लोकमार्गको एक पुल कहिले बनिसक्छन् समय तालिकासहित निर्माणका लागि निर्देशन दिन सभामुखलाई उनले आग्रह गरे ।
‘हुलाकी मार्गमा बन्दाबन्दै भासिएको कमला पुल, हुलाकी मार्गकै बडरवा बागमती पुल र मध्यपहाडी पुष्पलाल लोकमार्गको भेरी नदी चौरजहारी पुल अलपत्र परेका छन्,’ माओवादी सांसद शर्माले भने, ‘कहिले निर्माण हुन्छन् समय तालिकासहित निर्माणका लागि आवश्यक निर्देशनका लागि सभामुखलाई आग्रह गर्न चाहन्छु ।’
ग्वार्कोको फ्लाइओभरबारे प्रश्न उठाउँदै सांसद शर्माले छानबिन गर्न माग गरेका छन् । ‘ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर बनाउँदा बनाउँदै भत्काउने र फेरि बनाउने कुराको जिम्मेवार को हो ? यसको छानबिन गरियोस्,’ सांसद शर्माले भने ।
पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन थप सुविधा दिने कुरा गर्नुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाउन उनले सरकारलाई आग्रह गरेका छन् । मिर्गौला र क्यान्सरपीडितहरूलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण