निजीकरण विधेयक सार्वजनिक संस्थानहरूलाई कौडीको भाउमा बेच्न ल्याइएको होइन : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक सरकारी प्रतिष्ठानहरूलाई नयाँ तरिकाले व्यवस्थापन गर्न जरुरी रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’माथिको सैद्धान्तिक छलफलका सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले निजीकरण विधेयक बिचौलियाको प्रभाव र सार्वजनिक संस्थानहरूलाई कौडीको भाउमा बेच्ने ध्येयले नल्याइएको उल्लेख गर्दै सांसदहरू भड्किन नहुने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘सार्वजनिक सम्पत्तिप्रति हामी सबैको त्यति नै माया छ । यसको संरक्षण गर्ने दायित्व हामी सबैको सरकारले यसको न्यून मूल्याङ्कन गर्छ भन्ने ठान्नु हुँदैन । निजीकरण ऐन,२०५० लाई संशोधन गर्ने विधेयक चाहिँ आवश्यक भएरै ल्याएको हो । हाम्रो ऐनको प्रबन्ध र नियमावलीमा केही विरोधाभास जस्तो थियो । हामीले कानुनमा व्यवस्था त गर्यौँ तर कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेन । कानुन बनेपछि कार्यान्वयन हुनुपर्छ । त्यस कारणले कानुनका उचित प्रबन्धहरूको प्रभावकारी कार्यान्वयन होस् त्यसका लागि आवश्यक संरचना होस् भनेर पनि यो विधेयक ल्याइएको हो । सार्वजनिक प्रतिष्ठानहरू हामीले किन स्थापना गर्यौँ ? कि यो अहिले घाटामा गएको हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण