उपत्यकाका ६ क्याम्पसमा तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्ना ६ वटा आङ्गिक क्याम्पसहरूलाई तत्काल स्ववियु निर्वाचन अगाडि बढाउन निर्देशन दिएको छ । काठमाडौँ उपत्यकाका ६ वटा आङ्गिक क्याम्पसहरूलाई तत्काल स्ववियु निर्वाचन अघि बढाउन निर्देशन दिएको हो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले तत्काल स्ववियु निर्वाचन अघि बढाउन निर्देशन दिएका हुन् ।
विश्वभाषा क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, पब्लिक युथ क्याम्पस, शंकरदेव क्याम्पस, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसका प्रमुखहरूलाई स्ववियु निर्वाचन कार्य तत्कालै अगाडि बढाउन निर्देशन दिएको हो ।
चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न गर्नुपर्नेमा ती क्याम्पसहरूमा के कति कारणले निर्वाचन कार्य अघि नबढेको त्यसको जानकारी दिन भनिएको छ । क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी जुन अवस्था र प्रक्रियामा रोकिएको हो सोही अवस्था र प्रक्रियाबाट स्ववियु निर्वाचन तत्कालै अगाडि बढाउन भनिएको हो ।
विद्यार्थी संगठनहरूको तालाबन्दीका कारण ती क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैनन् । विद्यार्थी संगठनहरूले फर्जी विद्यार्थी भर्ना गरेको, स्ववियु कोष हिनामिना गरेको, निर्वाचन समितिले निष्पक्षता कायम राख्न नसकेको जस्ता आरोप लगाउँदै नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी गठनहरूले तालाबन्दी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण