अभिनेता सुशीलको खुलासा : ‘आउटलः दफा २१९’ अभिनयमा रियल कुटाई खाए
काठमाडौँ । ‘आउटलः दफा २१९’ अहिले प्रदर्शनमा रहेको फिल्म हो । गत फागुन २९बाट प्रदर्शन आएको फिल्ममा अभिनेता सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्म अभिनयबाट चर्चा बटुलिरहेको समयमा अभिनेता श्रेष्ठले छायाङ्कन सिलसिलामा एक्सन गर्दा रियलमै कुटाई खाएको खुलासा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा फिल्म छायाङ्कनका भिडियो तथा केही तस्बिर सार्वजनिक गर्दै फिल्मको एक्सन दृश्य छायाङ्कनमा आफूले रियलमै कुटाई खाएको बताएका हुन् । फिल्म मेकरले रियल नगरौँ भन्दा पनि फिल आउँछ भन्दै रियल नै गरौँ भनेर आफूले दृश्य दिएको उनको भनाई थियो ।
‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौँ, निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौँ’ उनले भनेका छन् ‘तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई म सकेसम्म वास्तविक बनाउन सके भने, दर्शकहरूले यसलाई अझ गहिरोसँग महसुस गर्नेछन् ।’
उनले यो फिल्म आफ्नो टिमले दिनरात नभनी मिहिनेत गरेर काम गरेको पनि सुनाए । साथै, हरेक दृश्यलाई उत्कृष्ट बनाउनका लागि निकै मिहिनेत गरिएको पनि उनले सम्झिएका छन् । उनले हेरेका दर्शकलाई फिल्मको विषयमा सामाजिक सञ्जालमा प्रतिक्रिया बाँड्न पनि आग्रह गरेका छन् ।
फिल्मको एक्सन, कथावस्तु र मेकिङलाई दर्शकले रुचाएका छन् । फिल्मले न्यायको पक्षमा आवाज उठाएको छ । विक्की महर्जनको निर्देशनमा तयार भएको फिल्ममा अमित अग्रहरीको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण