रुस–युक्रेन युद्धविरामका लागि मंगलबार कुरा गर्दैछन् पुटिन–ट्रम्प
वासिङ्टन डीसी । रुस र युक्रेनबिच चलिरहेको युद्ध रोक्न मङ्गलवारको दिन महत्त्वपूर्ण दिन हुन सक्छ । मार्च १८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच महत्त्वपूर्ण कुराकानी हुनेछ । यस क्रममा युक्रेनमा युद्धको सम्भावित अन्त्यबारे वार्ता हुनसक्ने भनिएको छ ।
यसैबिच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एन्ड्री ह्नाटोभलाई युक्रेनी सशस्त्र बलको नयाँ प्रमुख जनरल स्टाफ नियुक्त गरेका छन् । युक्रेनले कुर्स्क क्षेत्रमा रुसको पकड र डोनेट्स्कमा बढ्दो दबाबको सामना गर्न आफ्नो सेनालाई पुनर्गठन र बलियो बनाउने प्रयास गरिरहेको समयमा यो कदम चालिएको हो ।
आइतबार साँझ एयर फोर्स वनमार्फत फ्लोरिडाबाट वासिङ्टन जाँदै गर्दा ट्रम्पले पत्रकारहरूलाई यो जानकारी दिएका हुन् । ‘हामी हेर्ने छौँ कि मंगलबारसम्ममा घोषणा गर्न केही छ कि छैन, म मङ्गलवार राष्ट्रपति पुटिनसँग कुरा गर्नेछु’ ट्रम्पले भने । गत हप्तामा धेरै काम भएको अनि आफूहरूले यो युद्ध अन्त्य गर्न सक्छौँ कि सक्दैनौँ भनेर हेर्न चाहने पनि उनले बताए ।
रुसले लगभग तीन वर्षअघि युक्रेनमा आक्रमण गरेको थियो । युद्ध अन्त्य गर्न वार्ताको एक हिस्सा भूमि र बिजुली उत्पादन केन्द्रहरू भएको उनले बताए । ‘हामी जमिनको बारेमा कुरा गर्नेछौँ । हामी बिजुली उत्पादन केन्द्रबारे कुरा गर्नेछौँ’ उनले भने । ट्रम्पले यसलाई केही सम्पत्तिको विभाजन जस्तो भनेका छन् ।
किन अहम् छ ट्रम्प–पुटिन वार्ता ?
ट्रम्प र पुटिनबिचको वार्ता महत्त्वपूर्ण छ । शनिवार राति रुस र युक्रेनले एक अर्कामाथि ठुलो हवाई हमला गरेका थिए । दुवै देशले आ–आफ्नो क्षेत्रमा सयभन्दा बढी शत्रुका ड्रोन देखेको बताएका छन् ।
युक्रेनसँगको युद्धमा ३० दिनको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग भेट गरेको २४ घण्टा नबित्दै यो आक्रमण भएको थियो । सिद्धान्ततः आफूले युद्ध विरामको समर्थन गरेको तर सहमति जनाउनुअघि स्पष्ट पार्नुपर्ने केही मुद्दाहरू भएको पुटिनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण