नागरिक लगानी कोषको रकम नागरिककै हितका लागि उपयोग गर्नुपर्छ : अर्थसचिव उपाध्याय
काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौँमा नागरिक लगानी कोषको ३५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यायले नागरिकको हितका लागि कोषहरूको लगानीलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने बताएका हुन् ।
उनले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरूमा कसरी अघि बढाउने भन्ने कुरामा कोषले ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने, ‘सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको बचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरू अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन थप मार्ग निर्देशक र प्रेरणादायी दिनको रूपमा आजको दिन हुनेछ ।’
नागरिक लगानी कोषका अध्यक्ष डा.सूर्यबहादुर थापाले चालु आ.व.को पुस मसान्तसम्म कोषले सञ्चालनमा रहेका आयोजनाहरूको दुई खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको बताए । यस अवधिमा दुई खर्ब ६४ करोड ७८ लाख लगानी गरेको अवस्था रहेको उनको भनाई थियो ।
कृषि,पर्यटन, ऊर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानी विस्तार गर्नेतर्फ कोष अग्रसर रहेको उनले जानकारी दिए । उनले कोषको कार्य सम्पादन वृद्धिका लागि उच्च योगदान गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागी वक्ताहरूले आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसकेसम्म देशमा दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण