नाइट क्लबमा आगलागीपछि उत्तरी म्यासेडोनियामा १५ जना पक्राउ
सोमबार, ०४ चैत २०८१, १३ : १४
म्यासेडोनिया । उत्तरी म्यासेडोनियामा एउटा नाइक्बलमा आगलागीको घटनामा प्रहरीहरूले १५ जनालाई पक्राउ गरेका छन् । आइतबार बिहान स्थानीय समयअनुसार २ः ३० बजे कोकानीमा रहेको पल्स क्लबमा आगलागी भएको थियो । चर्चित स्थानीय हिपहिप ब्यान्ड डीएनकेको कन्सर्टका लागि क्लबमा ५ सय जना जम्मा भएको समयमा उक्त आगलागी भएको हो । यस घटनामा ब्यान्डका एक जना मात्रै जीवित भएको बताइएको छ ।
उनको अस्पतालमा उपचार भइरहेको छ । ५९ जनाको मृत्यु भएको सो घटनामा १५५ जना घाइते भएका थिए । पक्राउ पर्नेहरूसँग प्रहरीले पुछताज गरिरहेको आन्तरिक मामिला मन्त्री पेन्स तोस्कोभ्स्कीले भनेका छन् । आगलागी घुस र भ्रष्टाचारसँग जोडिएको हुन सक्ने आशङ्का रहेको उनले बताएका छन् । नाइट क्लबसँग क्लब चलाउने वैधानिक लाइसेन्स नभएको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण