जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ : अर्याल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले राजनीतिक दलहरू कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतामा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै अर्यालले विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा उत्पीडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरूको ध्यान जान जरुरी रहेको बताएकी हुन् । उनले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहको बताइन् ।
उनले भनिन्, ‘कार्यकर्ता पाल्ने प्रवृत्तिबाट हामी माथि उठौँ । राज्यलाई सम्बोधन गरौँ । देशका जनता र पीडाहरूलाई सम्बोधन गरौँ । शान्ति प्रक्रिया हामीले अहिलेसम्म टुङ्गो लगाउन सकेका छैनौँ । आन्दोलन र जनयुद्धका घाइते तथा उत्पीडनमा परेकाहरूलाई कतिको हामीले सम्बोधन गर्यौँ । सरकारले यसको लिस्ट लिएर आएर हामीले यति काम गर्यौँ भनेर कहिले सुनाएको छ । चल्ते चलाते सरकार बनाएको छ फेरि अर्कोले सरकार बनाएको छ । हामी बिग्रियौँ । यस्तै हो भने एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ । म सबैलाई सचेत हुन अनुरोध गर्न चाहन्छु । हामीले धेरै व्यवस्था परिवर्तन गरेर संघीयता ल्यायौँ अब संघीयतामा पनि सवाल उठाउने कुराहरू आइरहेका छन् । के हामी साँच्चिकै संघीयता कार्यान्वयन राम्रोसँग गरिराखेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण