वाईसीएलका असन्तुष्ट समूहले कार्यकक्षमा लगाए ताला
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालका असन्तुष्ट समूहले कार्यकक्षमा तालाबन्दी गरेको छ । अध्यक्ष सुबोध शेर्पालीले राष्ट्रिय सम्मेलन नगर्ने हिसाबले गतिविधि गरेको भन्दै सोमबार कार्यालयको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
अध्यक्ष शेर्पालीले तीन वर्षसम्म सङ्गठनको केन्द्रीय समिति बैठक नबोलाएको, राष्ट्रिय सम्मेलनको विषयमा छलफल नगरेको, परिपत्र समेत जारी नगरी राष्ट्रिय सम्मेलन नगर्ने नियत देखिएकाले तालाबन्दी गरेको वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ (कसम)ले रातोपाटीलाई बताए ।
‘अध्यक्षको भूमिका राष्ट्रिय सम्मेलन निर्धारित समयमा गर्ने देखिएन । अध्यक्ष भएको तीन वर्षसम्म बैठक राख्नुभएन । सम्मेलन तयारीका लागि छलफल गर्न खोज्दा समेत मान्नुभएको छैन । परिपत्र जारी गर्न पनि चाहेका छैनन् । निर्धारित समयमै सम्मेलन गर्ने उद्देश्यले तालाबन्दी गरेका हौँ’, उनले भने ।
वाईसीएलको फागुन २१ र २२ गते बसेको केन्द्रीय कार्यालय बैठकले आगामी जेठ १७, १८ र १९ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिको चौथो पूर्ण बैठक फागुन २७ गते भर्चुअल माध्यमबाट बस्ने निर्णय भएको थियो । अध्यक्ष शेर्पालीको कार्यशैलीलाई लिएर नेता तथा कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण