तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याए, आँखा र अनुहार ‘ड्यामेज’
काठमाडौं । भारत मध्यप्रदेशको शिवपुरीमा एक तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याएर अनुहार र आँखा दुबै डढाइदिएका छन् । टाइम्सअफ इन्डियाका अनुसार मध्य प्रदेशका एक स्वयंभू तान्त्रिकले छ महिनाको शिशुलाई आगोमाथि उल्टो पारेर झुण्ड्याउँदा अनुहार र आँखा दुबै डढेको छ ।
गम्भीर अवस्थामा उनको उपचार भइरहेको र आँखाको ज्योति लगभग गुमेको अनुमान गरिँदै छ । घटना मार्च १३ गते भएको र घटनालगत्तै तान्त्रिक परार रहेको समाचारमा जनाइएको छ । विरामी ठीक हुने आशामा आमाले बच्चालाई एक अनुष्ठानका लागि शिवपुरी लिएर गएकी थिईन् ।
त्यसरी बच्चालाई आगोमा झोंस्ने तान्त्रिक रघुविर धाकडविरुद्ध छानविन जारी रहेको र औपचारिक रुपमा मुद्दा दर्ता गर्न बाँकी रहेको बताइएको छ । ६ महिने शिशुको सघन उपचारकक्ष आईसीयुमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका नेत्र रोग विशेषज्ञले स्थानीय सञ्चारमाध्यलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण