दोस्रो खेलमा पनि न्युजिल्याण्डसामु निरीह बन्यो पाकिस्तान
काठमाडौँ । घरेलु टोली न्युजिल्याण्डले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि भ्रमणकारी टोली पाकिस्तानलाई हराएको छ । डुनेडिनमा मंगलबार खेलिएको दोस्रो खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी भएको हो ।
जितसँगै न्युजिल्याण्डले पाँच खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । यसअघि आइतबार खेलिएको पहिलो खेलमा पनि न्युजिल्याण्डले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । तेस्रो खेल शुक्रबार खेलिने छ ।
दोस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित १५ ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्याण्डले भने १३.१ ओभरमै पाँच विकेट गुमाएर एक सय ३७ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १५–१५ ओभरमा खेलाइएको थियो । न्युजिल्याण्डको जितमा ओपनर टिम सिफर्टले ४५ रनको योगदान गरे । उनले केवल २२ बलको सामना गरी पाँच छक्का र तीन चौका हिर्काए ।
अर्का ओपनर फिन एलनले पनि ३८ रन बनाए । उनले केवल १६ बलमा पाँच छक्का र एक चौका प्रहार गरे । यी दुवैले ओपनिङ विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । मिचेल हेले पनि टोलीका लागि अविजित २१ रनको योगदान गरे । ड्यारल मिचेलले १४ रन बनाए ।
कप्तान माइकल ब्रासवेल पाँच रनमा अविजित रहे । न्युजिल्याण्डले अतिरिक्त रूपमा पनि आठ रन पाएको थियो । पाकिस्तानी टोलीका बलर ह्यारिस रउफले दुई विकेट लिए ।
त्यसअघि, पाकिस्तानका लागि कप्तान सलमान अघाले सर्वाधिक ४६ रन बनाएका थिए । उनले केवल २८ बलमा तीन छक्का र चार चौका प्रहार गरे । सदाब खानले पनि टोलीको खातामा २६ रन थपे ।
साहिन शाह अफरिदीले अविजित २२ रन बटुले । न्युजिल्याण्डका बलर ज्याकब डफी, बेन सियर्स, जेम्स निसम र ईश सोढीले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण