१० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
काठमाडौँ । कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमकाबिच खेलकुद मन्त्री तेजुलाल चौधरीले १० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।
सो अवसरमा राष्ट्रिय खेलकुदको ट्रफीसमेत सार्वजनिक गरिएको थियो । लोगो र मस्कट सार्वजनिक भएसँगै राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्न मन्त्री चौधरीले निर्देशन दिए । उनले खेलकुद मन्त्रालय र राखेपबिच विवाद नहुने गरि काम गर्न समेत निर्देशन दिए ।
विविध कारणले १० औँ राष्ट्रिय खेलकुद मिति सरे पनि अव तोकिएको समयमा नै राष्ट्रिय खेलकुद हुने उनको भनाइ छ । मन्त्री चौधरीले खेल र खेलाडीको विकासका लागि मन्त्रालय सदैव प्रतिबद्ध हुने भन्दै आगामी वर्ष खेलकुद क्षेत्रको बजेट बढाउनका लागि पहल भइरहेको जानकारी दिए ।
मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ । पछिल्लो समय २०८२ जेठ ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद आयोजना गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण