नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ । नेपाल बैंकका तीन सञ्चालकको पदमा निर्वाचन नगराउन उच्च अदालत पाटन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार उच्चका कायममुकायम मुख्य न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले बैंकका पूर्वसञ्चालक विवेक शमशेर जबराले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
बैंकले बुधबार सर्वसाधारण शेयरधनीका तर्फबाट तीन सञ्चालक निर्वाचित गर्ने मुख्य एजेन्डासहित साधारणसभा बोलाएको थियो । उच्चको आदेशपछि सञ्चालक पदका लागि निर्वाचन नहुने भएको छ ।
जबराले शेयरधनीका तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका थिए । उनले सञ्चालक पदबाट राजीनामा दिएको ६ महिना नपुगी उम्मेदवारी दिएको भन्दै उजुरी परेपछि गत चैत १ गते निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन रद्द गरेको थियो ।
जबराले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । उच्चले दुवै पक्षबिच छलफल गराइ अन्तरिम आदेश जारी हुने नहुने निष्कर्षमा पुग्न सकिने भन्दै दुवै पक्षलाई चैत ११ गते छलफलका लागि बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण