‘पीसीबीबाट महिनाको ६० लाख पाउँछन् तर, क्लब क्रिकेटलाई प्राथमिकता दिन्छन्’
काठमाडौँ । पछिल्लो समय पाकिस्तानको क्रिकेट एकपछि अर्को समस्यामा पर्दै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीको प्रदर्शन पनि निराशाजनक छ । घरेलु मैदानमै आयोजित आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानी टोली समूहगत चरणबाट बाहिरिन पुग्यो ।
हाल न्युजिल्यान्ड भ्रमणमा रहेको पाकिस्तीन टोली पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पनि २–० ले पछाडि परिसकेको छ । पाकिस्तानले आईसीसीद्वारा आयोजित ठुला प्रतियोगितामा सफलता हात नपारेको पनि लामो समय बितिसकेको छ ।
पाकिस्तानी समर्थक र पूर्वखेलाडीहरु पनि टोलीको प्रदर्शनबाट रुष्ट देखिएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) पनि समस्याका समाधान खोज्न असमर्थ देखिएको छ । च्याम्पियन्स ट्रफीपछि टोलीमा ब्यापक परिवर्तन गरिए पनि परिणाम सकारात्मक देखिएको छैन ।
यसैबिच, पाकिस्तानका पूर्वक्रिकेटर सिकन्दर बख्त वर्तमान टोलीका प्रभावशाली खेलाडी मोहम्मद रिजवानमाथि खनिएका छन् । तिब्रगतिका पूर्वबलर सिकन्दरले मोहम्मद रिजवानलाई कडा कारवाही गरिनु पर्ने माग पीसीबीसँग राखेका छन् ।
उनले पीसीबीसँग मोहम्मद रिजवानको केन्द्रीय सम्झौता तत्काल रद्द गर्नुपर्ने माग गरेका छन् । मोहम्मद रिजवानले पीसीबीद्वारा आयोजित राष्ट्रिय टी–२० कपभन्दा पनि क्लब क्रिकेटलाई बढी महत्व दिएको सिकन्दरको आरोप छ ।
‘जिम्मेबार खेलाडी भएर पनि मोहम्मद रिजवानले पीसीबीको अवाज्ञा गर्दै आएका छन् । उनी पीसीबीको प्रतियोगिता छाडेर क्लब क्रिकेटलाई प्राथमिकता दिन्छन् । उनले प्रत्येक महिना पीसीबीबाट ६० लाख रुपैयाँ पाउँछन् । यस्ता अनुशासनहिन खेलाडीको केन्द्रीय सम्झौता तत्काल रद्द गर्नुपर्छ,’ सिकन्दरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण