राजनीति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
बुधबार, ०६ चैत २०८१, १९ : ००
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तय भएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले चैत १० गतेका लागि बैठक तय भएको जानकारी दिए ।
'नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ चैत्र १० गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ', उनले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।
बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण