पुलिस क्लबका बलरसामु निरीह बने गण्डकी प्रदेशका ब्याट्सम्यान
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार जारी खेलमा गण्डकी प्रदेशको टोलीले बलियो विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि केवल ९३ रनको लक्ष्य दिएको छ ।
गण्डकी प्रदेश र पुलिस क्लब दुबैले आफ्नो छैटौँ खेल खेलिरहेका हुन् । पुलिस क्लबले यसअघि आफूले खेलेको पाँचवटै खेलमा जित हात पारेको छ ।
पुलिस क्लब १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । गण्डकी प्रदेशले भने पाँचमध्ये एक खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी खेलेमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले २३.२ ओभरमै अलआउट हुनुअघि ९२ रनमात्र बनाउन सक्यो । गण्डकी प्रदेशका अर्जुन कुमालवाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
ओपनर ब्याट्सम्यान अर्जुनले ४८ रन बनाए । उनले ६३ बलको सामना गरी आठ चौका हिर्काए । रोहित चन्द र सुवाष भण्डारीले १०–१० रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान सुदिप अर्याल सात रनमा अविजित रहे । गण्डकी प्रदेशका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । प्रारम्भदेखि नै गण्डकी प्रदेशका ब्याट्सम्यानहरु पुलिस क्लबका बलरसामु निरीह बनेका थिए । गण्डकी प्रदेशले अतिरिक्त रुपमा पनि १४ रन पायो ।
पुलिस क्लबका बलर ललित राजवंशी एक्लैले पाँच विकेट लिए । जारी प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका ललितले ५.२ ओभरमा दुई मेडन राख्दै केवल सात रन खर्चिए । गुलसन झाले पनि चार विकेट हात पारे । उनले आठ ओभरमा एक मेडन राख्दै ४२ रन खर्चिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण