ट्रम्पको प्रस्तावमाथि पुटिनले राखे यस्ता सर्त
वासिङ्टन डीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्कालै लागू हुनेगरी र पूर्ण युद्धविराम गर्नुपर्ने अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।
यस वार्तापछि पुटिनले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने कुरामा सहमति जनाएका छन् । तर उनले एक महिना लामो बृहत् युद्धविराममा हस्ताक्षर गर्नचाहिँ मानेनन् । साउदी अरबमा हालैको हप्तामा अमेरिका र युक्रेनी प्रतिनिधि मण्डलले ट्रम्पले पेस गरेको एक महिना लामो युद्ध विराम सम्झौतामा सहमति जनाएका थिए ।
यसमा हस्ताक्षरका लागि रुस र पुटिनलाई मनाउने जिम्मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई दिएका थिए । युक्रेनलाई दिँदै आएको विदेशी सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान बन्द भए मात्र बृहत् युद्ध विराम सम्भव हुने सर्त पुटिनले ट्रम्पसामु पेस गरेका छन् । यो सर्त युक्रेनको युरोपेली मित्र देशहरूले यस अघि नै अस्वीकार गरेका थिए । पुटिनसँग फोनवार्तापछि आइतबार अमेरिकी टोलीले युक्रेनी टोलीलाई साउदी अरबको जेद्दाहमा भेट्ने तय भएको थियो ।
रुस र युक्रेनबिच तीन वर्षदेखि युद्ध चलिरहेको छ । २०१४ यता रुसले युक्रेनको झन्डै २० प्रतिशत भूमिमा कब्जा जमाएको छ । ६ महिनाअघि युक्रेनले आक्रमण गरेर कब्जामा लिएको कुर्श्क क्षेत्रको भूभाग हालै रुसले फिर्ता लिइरहेको छ ।
मङ्गलवारको फोनवार्ताबाट ट्रम्पले निकै आशा थियो । तर पुटिनले सर्त अघि सारेपछि ट्रम्प एक हप्ता पूर्वका अवस्थामा पुगेका छन् । फोन वार्तामा दुई नेताले तत्कालै मध्य पूर्वमा अमेरिका र रुसी टोलीबिच शान्तिवार्ताका लागि थप छलफलका लागि सहमति चाहिँ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण