राजेन्द्र लिङ्देन र कमल थापाले ठुलो राजनीति गरे : दुर्गा प्रसाईं

काठमाडौँ । व्यवस्था विरोधी अभियान चलाएका दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाहरूले राजाका नाममा धेरै ठुलो राजनीति गरेको बताएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले लिङ्देन र थापाहरूले आफू नपढेको र केही नबुझ्नेजस्तो व्यवहार गरेर कहिले के समिति बनाउने त कहिले के गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
‘हिजो हामीले धेरै राष्ट्रवादी शक्तिसँग अनुनय विनय गर्यौँ । राजा र हिन्दु राष्ट्रको पक्षमा उभिएका कमल थापा र राजेन्द्र लिङदेन, रवीन्द्र मिश्र र धवलशम्शेरसँग अनुनय विनय गर्यौँ तर उहाँहरू धेरै ठुलो राजनीति गर्नुहुँदो रहेछ’, प्रसाईंले भने, ‘मानौँ यो अभियानलाई त कस्तो सम्झेको रहेछ भने दुर्गा प्रसाईं पढेलेखेको छैन, बुझ्दैन, जे गर्दा पनि हुन्छ भनेर कहिले यता कमिटी बनाउने, कहिले उता कमिटी बनाउने, कहिले आफैँ आन्दोलन गर्ने गर्नुभयो ।’
उनले आफू राजाको नजिक हुनेभन्दा पनि जनताको नजिक हुने भन्दै राजा र जनताको आँखाबाट आशु झर्न नदिने दाबी गरे ।
प्रसाईंले चैत १५ गते हुने प्रदर्शनमा हरेक नागरिक देशको रक्षा गर्न खुकुरी बोकेर आउने भन्दै गणतन्त्रको अन्त्य नगरी नागरिकले सुख नपाउने दाबी गरे । उनले राजासहितको हिन्दु अधिराज्य कायम गर्न राप्रपा अध्यक्ष लिङदेन र राप्रपा नेपालका अध्यक्ष थापाहरूलाई आफ्नो नेतृत्वको अभियानमा सामेल हुन आग्रह गरे । आफू प्रधानमन्त्री र सांसद हुन अभियान नचलाएको प्रसाईंको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु