दीपेन्द्र, ललित र गुलसनको उत्कृष्ट प्रदर्शनमा पुलिस क्लबले १६ ओभरमै गण्डकी प्रदेशलाई हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार छैटौँ जित हात पारेको छ । पुलिस क्लबले बुधबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।
६ खेलबाट १२ अंक बटुलेको पुलिस क्लब तालिकको पहिलो स्थानमा आसिन छ । पुलिस क्लबका अतिरिक्त अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले मात्र जारी प्रतियोगितामा हालसम्म सबै खेल जितेको छ । आर्मी क्लब पाँच खेलबाट १० अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले २३।२ ओभरमै अलआउट हुनुअघि ९२ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङ गरेको पुलिस क्लबले भने १६ ओभरमा केवल तीन विकेट गुमाएर ९४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
पुलिस क्लबको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ५४ रन बनाए । यस क्रममा उनले केवल २३ बलको सामना गरी ६ छक्का र तीन चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान अर्जुन साउदले पनि अविजित १८ रनको योगदान गरे । उनले ४५ बलमा एक चौका हिर्काए । कुशल भुर्तेल शून्य रनमै पेभेलियन फर्किए भने अमित श्रेष्ठले सात रन जोडे । दिलिप नाथ १० रनमा अविजित रहे । गण्डकीका बलर विपिन खत्री र सुवाष भण्डारीले एक–एक विकेट लिए ।
त्यसअघि, गण्डकी प्रदेशका अर्जुन कुमालवाहेक अन्य ब्याट्सम्यान चल्न सकेका थिएनन् । ओपनर अर्जुनले ४८ रन बनाए । उनले ६३ बलको सामना गरी आठ चौका हिर्काए । रोहित चन्द र सुवाष भण्डारीले १०–१० रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान सुदिप अर्याल सात रनमा अविजित रहे ।
गण्डकी प्रदेशका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । प्रारम्भदेखि नै गण्डकी प्रदेशका ब्याट्सम्यानहरु पुलिस क्लबका बलरसामु निरीह बनेका थिए । गण्डकी प्रदेशले अतिरिक्त रुपमा पनि १४ रन पायो ।
पुलिस क्लबका बलर ललित राजवंशी एक्लैले पाँच विकेट लिए । जारी प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका ललितले ५।२ ओभरमा दुई मेडन राख्दै केवल सात रन खर्चिए । गुलसन झाले पनि चार विकेट हात पारे । उनले आठ ओभरमा एक मेडन राख्दै ४२ रन खर्चिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण