सबै खेल जित्दै आएको आर्मीलाई हराउन मधेश प्रदेशले २१८ रन बनाउनुपर्ने

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौँ जितको खोजीमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्बले बुधबार जारी खेलमा मधेश प्रदेशलाई दुई सय १८ रनको लक्ष्य दिएको छ ।
दाङको लमही क्रिकेट रंगशालामा जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय १७ रन बनाएको हो । जारी प्रतियोगितामा आर्मी क्लबले छैटौँ र मधेश प्रदेशले आफ्नो पाँचौँ खेल खेलिरहेका हुन् ।
आर्मी क्बल आफूले यसअघि खेलेको पाँचवटै खेलमा विजयी भएको छ । जारी प्रतियोगितामा हालसम्म आर्मी क्लबका अतिरिक्त नेपाल पुलिस क्लबले मात्र आफूले खेलेको सबै खेल जित्न सकेको छ ।
मधेश प्रदेशले भने यसअघि आफूले खेलेको चारमध्ये एक खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । त्यसैले बुधबारको खेलमा मधेश प्रदेश दोस्रो जितमा खोजीमा छ भने आर्मी क्लब लगातार छैटौँ सफलताको धुनमा रहेको छ । आर्मी क्लबका लागि अनुभवी खेलाडी भीम सार्कीले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ८९ रन बनाए । यस क्रममा उनले एक सय २६ बलको सामना गरी चार चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले पनि टोलीका लागि ३३ रनको योगदान गरे । उनले ५३ बलको सामना गरी तीन चौका हिर्काए । कुशल मल्लले पनि टोलीको खातामा अविजित २४ रन थपे । उनले २० बलमा दुई छक्का प्रहार गरे ।
विवेक यादले १६ रन बटुले । ओपनर तृतराज दास १४ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान विनोद भण्डारीले ११ र बसिर अहमदले १० रन जोडे । नरेन साउद आठ रनमा अविजित रहे । आर्मी क्लबले अतिरिक्त रुपमा ११ रन पायो । मधेश प्रदेशका बलर रुपेश सिंह, कमल गुप्ता र पवन सर्राफले दुई–दुई विकेट लिए । रञ्जित कुमारले पनि एक विकेट हात पारे ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने