सबै खेल जित्दै आएको आर्मीलाई हराउन मधेश प्रदेशले २१८ रन बनाउनुपर्ने
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौँ जितको खोजीमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्बले बुधबार जारी खेलमा मधेश प्रदेशलाई दुई सय १८ रनको लक्ष्य दिएको छ ।
दाङको लमही क्रिकेट रंगशालामा जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय १७ रन बनाएको हो । जारी प्रतियोगितामा आर्मी क्लबले छैटौँ र मधेश प्रदेशले आफ्नो पाँचौँ खेल खेलिरहेका हुन् ।
आर्मी क्बल आफूले यसअघि खेलेको पाँचवटै खेलमा विजयी भएको छ । जारी प्रतियोगितामा हालसम्म आर्मी क्लबका अतिरिक्त नेपाल पुलिस क्लबले मात्र आफूले खेलेको सबै खेल जित्न सकेको छ ।
मधेश प्रदेशले भने यसअघि आफूले खेलेको चारमध्ये एक खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । त्यसैले बुधबारको खेलमा मधेश प्रदेश दोस्रो जितमा खोजीमा छ भने आर्मी क्लब लगातार छैटौँ सफलताको धुनमा रहेको छ । आर्मी क्लबका लागि अनुभवी खेलाडी भीम सार्कीले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ८९ रन बनाए । यस क्रममा उनले एक सय २६ बलको सामना गरी चार चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले पनि टोलीका लागि ३३ रनको योगदान गरे । उनले ५३ बलको सामना गरी तीन चौका हिर्काए । कुशल मल्लले पनि टोलीको खातामा अविजित २४ रन थपे । उनले २० बलमा दुई छक्का प्रहार गरे ।
विवेक यादले १६ रन बटुले । ओपनर तृतराज दास १४ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान विनोद भण्डारीले ११ र बसिर अहमदले १० रन जोडे । नरेन साउद आठ रनमा अविजित रहे । आर्मी क्लबले अतिरिक्त रुपमा ११ रन पायो । मधेश प्रदेशका बलर रुपेश सिंह, कमल गुप्ता र पवन सर्राफले दुई–दुई विकेट लिए । रञ्जित कुमारले पनि एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण