महिना दिनपछि पनि बक्स अफिसमा नोट छाप्दैछ ‘छावा’
नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशलको फिल्म छावाले बक्स अफिसमा अझै शानदार कमाइ गरिरहेको छ । होलीमा रिलिज भएको जोन अब्राहमको द डिप्लोमेट कछुवाको चालमा हिँडिरहेको बेलामा एक महिनाअघि रिलिज भएको छावाको पकड बक्स अफिसमा अझै बलियो छ ।
लक्ष्मण उतेकरको निर्देशनमा बनेको यस फिल्मले कमाइको हिसाबले धेरै रेकर्ड बनाएको छ । अहिले पनि यसको कमाइको गति घटेको छैन । संभाजी महाराजको जीवनीमा आधारित यो फिल्म हेर्न ठुलो सङ्ख्यामा दर्शकहरू थिएटरहरूमा ओइरिरहेका छन् । यही कारणले गर्दा फिल्मले पाँचौँ हप्तामा पनि राम्रो कमाइ गरिरहेको छ ।
छावाले सोमबार ३२ औँ दिनमा २ करोड ६५ लाख भारु कमाएको थियो । मङ्गलवारको दिन पनि फिल्मका लागि राम्रै रह्यो । कमाइको कुरा गर्दा, मङ्गलवार ३३ औँ दिनमा फिल्मले २ करोड ५० लाख भारु कमाएको छ । फिल्मको कुल कमाई अब ५६७ करोड ८० लाख भारु पुगेको छ ।
छावाको अगाडि डिप्लोम्याटले कुनै जादु देखाउन सकेको छैन । करिब २० करोडको बजेटमा बनेको जोन अब्राहमको यस फिल्मले सोमबार चौथो दिन डेढ करोड भारु कमायो । मङ्गलवार पाँचौँ दिन यसको बक्स अफिस कलेक्सन १ करोड ४० लाख भारु थियो । पाँच दिनमा फिल्मको कूल कमाई १६ करोड २० लाख भारु बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण