सुदूरपश्चिम प्रदेशको दोस्रो जित, लुम्बिनीलाई पाँच विकेटले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशले बुधबार खेलिएको खेलमा लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेश दुबैले आफ्नो छैटौँ खेल खेलेका हुन् । यसअघि आफूले खेलेको पाँचमध्ये चार खेलमा लुम्बिनी प्रदेश विजयी भएको थियो । लुम्बिनी प्रदेशको यो दोस्रो हार हो । सुदूरपश्चिम प्रदेशको यो दोस्रो जित हो । सुदूरपश्चिम प्रदेश चार खेलमा भने पराजित भएको छ ।
भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले ४४.१ ओभरमा अलआउट हुनुअघि एक सय १६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ३१.१ ओभरमै केवल पाँच विकेट गुमाएल विजयलक्ष्य पुरा गर्यो ।
सुदूरपश्चिम प्रदेशको जितमा किरण ठगुन्नाले अविजित ४३ रनको योगदान गरे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले ४३ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए । कप्तान नारायण जोशीले पनि अविजित २५ रन बनाए ।
सातौँ नम्बरका ब्याट्सम्यान नारायणले २७ बलमा तीन चौका प्रहार गरे । त्यसअघि सुदूरपश्चिमले पालीको खराब सुरुवात गरेको थियो । माथिल्ला तीन ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । ओपनर टेम रावत चार र खड्क बोहरा ११ रनमै आउट भए ।
तेस्रो नम्बरका ब्याट्सम्यान निश्चल क्षेत्री पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् । चौथो नम्बरका ब्याट्सम्यान प्रकाश पाण्डेले भने ४६ बलमा तीन चौकाको मद्दतले २२ रन बनाए । लुम्बिनी प्रदेशका बलर रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले एक–एक विकेट लिए ।
त्यसअघि, लुम्बिनी प्रदेशका ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । लुम्बिनी प्रदेशका केवल दुई ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सके । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देव खनालले ४१ रनको योगदान गरे ।
अघिल्ला तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि कप्तान देवले जिम्मेबारीपूर्वक ब्याटिङ गरे । उनले ७१ बलको सामना गरी चार चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान प्रज्ज्वल थापाले ३० रन जोडे । विकेटकिपर ब्याट्सम्यान प्रज्ज्वलले ५७ बलमा तीन चौका प्रहार गरे ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि १५ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामीले चार विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै केवल २६ रन खर्चिए । सूर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले पनि दुई–दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण