२५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?
काठमाडौँ । काठमाडौँबाट रसुवा जान लागेको ट्रकले करोडौँ नेपाली रुपैयाँ बराबरको युरो र डलर बोकेको सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी टोखा क्षेत्रमा खटिए ।
चैत ४ मा मध्यराति डीएसपी अनिल घिमिरे नेतृत्वको टिमले झोर महांकालबाट ना.७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो । ट्रक कुसाङ लामाले चलाएका थिए । उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । उनी ‘फुच्चे’ उपनामले चिनिन्छन् ।
ड्राइभर सिट ‘वोनट’ भन्दा माथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर बस्नेतले भने, ‘युरो र डलर लुकाएर आरोपी रसुवाको केरुङ तर्फ जाँदै थिए ।
त्यसरी २५ करोड बरामद गर्न प्रहरीलाई सुराक दिने व्यक्तिले पुरस्कार पाउने व्यवस्था छ । विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । ऐनमा भनिएको छ, ‘पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको सयकडा बिस प्रतिशत त्यस्तो सुरका दिने व्यक्तिलाई इनाम दिइनेछ ।’
_NOBsMHxRjV.jpg)
कुसाङ लामाले चलाएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पाउने भएका छन् । सुराक दिनेको विवरण गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ । पुरस्कार रकम मुद्दा फैसला भएपछि मात्रै निकासा हुन्छ । त्यसमा कानुन अनुसार कर लाग्ने राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
कुसाङविरुद्ध राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण