सागका स्वर्ण पदकधारी विप्लवलाल श्रेष्ठको अप्रत्यासित सन्न्यास घोषणा
काठमाडौँ । दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औँ संस्करणमा देशलाई स्वर्ण पदक चुमाउने कराँते खेलाडी विप्लवलाल श्रेष्ठले अप्रत्यासित रुपमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।
श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन् । उनले नेपाल कराँते महासंघका पदाधिकारीहरुको अप्रिय व्यवहारका कारण आफूले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको बताए । उनले खासगरी महासंघका अध्यक्ष युवराज लामाले आफूप्रति नराम्रो व्यवहार गरेको आरोप लगाए ।
आफू कराँते छाडेर विदेश जाने तयारीमा रहेको पनि उनले बताए । ‘म कराँते खेलसँग अभिन्न रुपमा जोडिएको छु । त्यसैले अहिले नै सन्न्यास लिन मन थिएन । तर, कराँते महासंघका पदाधिकारीहरुको नराम्रो व्यवहारबाट निकै चित्त दुःखेको छ । यस्तो स्थितिमा सन्न्यास लिनुको विकल्प थिएन,’ २८ वर्षीय विप्लवले भनेका छन् ।
१९ औँ एसियाली खेलकुदपछि महासंघका माथिल्लो पदमा आसिन पदाधिकारीहरुले आफूमाथि फरक व्यवहार गर्न थालेको उनले बताए । ‘सुरुमा त सहेरै बसेको थिएँ । तर, बारम्बार अपमान हुन थालेपछि सन्न्यास लिने निर्णय गरेँ,’ उनले भने ।
राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक दीपक श्रेष्ठसँगको निकट सम्बन्धका कारण महासंघ नेतृत्व आफूमाथि पूर्वाग्रही बनेको हुनसक्ने अनुमान उनले गरेका छन् ।
उनले निकट भविष्यमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद र सन् २०२६ को एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गर्ने चाहना हुँदाहुँदै सन्न्यास लिन बाध्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण