मोरङको सुकुना क्याम्पसमा वामपन्थीहरू कै बर्चश्व

विराटनगर । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका एलिस ओझाले सभापति पदमा विजय हासिल गरेका छन् । ९८५ मत प्राप्त गरेका ओझाले नेविसंघका विजयी ओझालाई २९९ मतको अन्तरले पराजित गरेका हुन् ।
सुकुना क्याम्पसमा २०४८ देखि हालसम्म वामपन्थीहरूको प्रभुत्व रहँदै आएको छ। यज्ञ सुवेदी, राजकुमार ओझा, गोपाल श्रेष्ठ, जेवी थुलुङ, भुपाल बस्नेत, बद्री अर्याल र सन्तोष लिम्बू जस्ता वामपन्थी नेताहरू यस क्याम्पसको सभापति पदमा निर्वाचित भइसकेका छन्।
यद्यपि नेविसंघले पराजय व्यहोर्नु परे पनि, यसपटक उनीहरूले अहिलेसम्मकै चुनावहरूमा सबैभन्दा बढी मत प्राप्त गरेको दाबी गरिएको छ। यसले आगामी निर्वाचनहरूमा प्रतिस्पर्धा अझ कडा हुनसक्ने संकेत गर्दछ।
यो पटक वामगठबन्धनले सचिव पदमा पनि जीत हासिल गरेको छ । जहाँ नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका रोहन खत्री ९१९ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्ष पदमा भने नेविसंघकी सविना थापाले ९२४ मत प्राप्त गरी अखिल क्रान्तिकारीका अनिष पौडेललाई पराजित गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन