अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
बुधबार, ०६ चैत २०८१, १६ : ५३
काठमाडौँ । अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने भएको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित भएको निर्वाचन सुचारु गराउन माग गर्दै अनेरास्ववियुले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो ।
अदालतले यथाशीघ्र चुनाव सम्बन्धी बाँकी कार्य पुरा गर्न अन्तरिम आदेश जारी गरेपछि क्याम्पसले चैत १० गते निर्वाचन गराउने सूचना जारी गरेको हो ।
निर्वाचनको अघिल्लो दिन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । क्रान्तिकारीको तालाबन्दीका कारण स्ववियु निर्वाचन गराउन नसकिने भन्दै क्याम्पस प्रशासनले निर्वाचन स्थगित गरेको सूचना जारी गरेको थियो ।
अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले चैत १० गते निर्वाचन गराउने निर्णय गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण