जातीय भेदभावको मुद्दामा २ करोड ८० लाख डलर तिर्न राजी भयो गुगल
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगलले कर्मचारी माझ जातीय भेदभाव गरेको दाबी गर्ने मुद्दा मेलमिलाप गर्न २ करोड ८० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न सहमति जनाएको छ ।
अन्य जातका कामदारहरूलाई गोरा र एसियाली कामदारहरूको तुलनामा कम तलब दिइने र उनीहरूसँग करियरका अवसरहरू पनि कमै भएको भन्दै वादीहरूले क्षतिपूर्ती दावी गरेका थिए । कम्पनीले आफू विरुद्ध लगाइएका आरोपहरू अस्वीकार गरेको भऐ पनि मेलमिलापको सम्झौता भएको भने पुष्टि गरेको छ ।
गुगलकी पूर्व कर्मचारी आना कान्टुले सन् २०२१ मा मुद्दा दायर गरेकी थिइन् । उनले हिस्पैनिक, ल्याटिनो, मूल अमेरकिी र अन्य पृष्ठभूमीका कर्मचारीहरुले आफ्ना गोरा र एसीयाली समकक्षीहरुको तुलनामा कम ज्याला र तल्लो तहमा काम गरेको आरोप लगाइएकी थिइन् ।
मुद्दा २०२१ मा गुगलकी पूर्व कर्मचारी आना कान्टुले दायर गरेकी थिइन् । हिस्पैनिक, ल्याटिनो, मूल अमेरिकी र अन्य पृष्ठभूमिका कर्मचारीहरूले आफ्ना गोरा र एसियाली समकक्षीहरूको तुलनामा कम ज्याला र न्यून पदमा काम सुरु गरेको आरोप मुद्दामा लगाइएको थियो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०१८ फेब्रुअरी १८ देखि २०२४ को डिसेम्बर ३१ सम्ममा गुगलमा भर्ती भएका कम्तिमा ६ हजार ६३२ जनाको तर्फबाट मुद्दा दायर गरिएको थियो । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण