आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा अनेरास्ववियुले लगाएको ताला खुलेको छ । क्याम्पस प्रशासनसँग सहमति भएपछि अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले लगाएको ताला खोलेको हो।
ताला खुलेसँगै भोलिदेखि नियमित पठनपाठन र प्रशासनिक कार्य सुचारु हुनेछ। फर्जी कार्डको विषयमा छानबिन समिति गठन गर्ने सहमति भएको छ । निर्वाचन कार्यालयमा लगाएको ताला भने यथावत रहेको छ। विवादित विषयको छानबिन गरी तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन अनेरास्ववियुले अनुरोध गरेको छ।
फर्जी कार्ड बनाएको विषयमा विरोध जनाउँदै अनेरास्ववियु र अनेरास्ववियूले विरोध जनाउँदै निर्वाचनको अघिल्लो दिन राति तालाबन्दी गरेका थिए। तालाबन्दीपछि चैत ५ गतेको स्ववियु निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो।
क्याम्पस प्रशासनले फर्जी परिचयपत्रको विषयमा छानबिन गर्ने प्रतिबद्धता जनाएको थियो। सोही अनुसार भोलिदेखि क्याम्प सुचारु हुने समेत जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण