चोटग्रस्त किर्गियोसलाई अनपेक्षित सफलता, दुई वर्षपछि पहिलो जित
काठमाडौं । निक किर्गियोसले अनपेक्षित जित हासिल गरेका छन् । उनले दुई वर्षको अन्तरालमा पहिलो जित हासिल गरेका हुन् । सन् २०२२ पछि उनले पहिलो पटक आफ्नो एटीपी टूरमा जित हासिल गरे । जुन उनले कल्पना गरेका थिएनन् ।
उनलाई डर थियो, ‘अब टेनिस खेल्न पाउने छैन, जित देख्ने छैन’ । अष्ट्रेलियाका उनले मियामी ओपनमा म्याकेन्जी म्याकडोनाल्डलाई ३-६, ६-३, ६-४ को संघर्षपूर्ण सेटमा हराए । पहिलो सेट हार्दा उनी निराश देखिएकामा पछि उनले पुनरागमन गरे । किर्गियोस पछिल्लो दुई वर्षदेखि चोटसँग जुधिरहेका थिए ।
उनस् यो महिनाको शुरुवातमा इन्डियन्स वेल्समा पहिलो राउण्डबाटै बाहिरिएका थिए । कारणः उनको दायाँ नाडीमा समस्या थियो । २०२३ सेप्टेम्बरमा उनको शल्यक्रिया हुनुपर्ने थियो । तर, त्यो हुन सकेन ।
२९ वर्षीय किर्गियोसले यसअघि घुँडा एवं खुट्टाको चोट व्यहोरेका थिए । जुनबेला उनले अष्ट्रेलियन ओपनमा पुनरागमन गरेका थिए । उनी अहिले भन्छन्, ‘महसुस गरिरहेको छुँ कि, म फेरि पनि टेनिसको हिस्सा हुँ ।’
मियामी ओपमा अब किर्गियोसको अघिल्लो भेट रुसी खेलाडी करेन खाचानोभसँग हुने भएको छ भने नाडीको चोटका कारण उनी सतर्क छन् । चुनौति महसुस गर्दै उनले ‘यो ठाउँमा खेल्न निकै कठिनाई छ’ भनी प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण