लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक एन्जियोप्लाष्टी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक एन्जियोप्लाष्टी गरिएको छ । वरिष्ठ कार्डियोलोजिष्ट डा रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय पुरुषको एन्जियोप्लाष्टी गरिएको हो ।
डा घिमिरेले मुटु रोग उपचारमा थप नयाँ उपलब्धि प्राप्त भएको बताउँदै अव सेवाग्राहीलाई काठमाडौँ वा अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।
एन्जियोप्लास्टी एक गैरसर्जिकल प्रक्रिया हो जसले हृदयमा रगत आपूर्ति गर्ने नसाहरूमा अवरोध हटाउन मद्दत गर्दछ। यस प्रक्रियामा स्थानीय एनेस्थेसिया प्रयोग गरिन्छ ।
विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी अस्पतालमा मुटुरोग उपचारका लागि अन्यत्र जान नपर्नेगरी विभिन्न सेवाहरू थप गर्ने योजना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले जनाए ।
अस्पतालमा क्याथल्याव सेवा अन्तरगत १ जनाको स्थायी पेसमेकर राख्नुका साथै ३ जनालाई अस्थायी पेसमेकर राख्ने काम समेत सफल भएको छ । क्याथल्याव सेवा सुरु भएपछि हालसम्म ८० जनाको एन्जियो ग्राफी गरिएको तथ्याङ्कमा उल्लेख छ ।
अस्पतालमा केहीअघिदेखि ट्रेड मिल टेस्ट (टिएमटी) सेवा समेत सञ्चालन गरिएको छ । यसबाट मुटुका नशाहरुमा ब्लकेजहरु भएर नभएको थाहा पाउन सकिने र सोही अनुसार उपचार गर्न सजिलो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ वर्षपछि घरेलु मैदानमा पाँचपटकको च्याम्पियन चेन्नईलाई हराउने धुनमा साबिक विजेता कोलकाता
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
भाषाले कानुन पाएको छ, अब न्याय पाउनु छ
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित