लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक एन्जियोप्लाष्टी
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक एन्जियोप्लाष्टी गरिएको छ । वरिष्ठ कार्डियोलोजिष्ट डा रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय पुरुषको एन्जियोप्लाष्टी गरिएको हो ।
डा घिमिरेले मुटु रोग उपचारमा थप नयाँ उपलब्धि प्राप्त भएको बताउँदै अव सेवाग्राहीलाई काठमाडौँ वा अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।
एन्जियोप्लास्टी एक गैरसर्जिकल प्रक्रिया हो जसले हृदयमा रगत आपूर्ति गर्ने नसाहरूमा अवरोध हटाउन मद्दत गर्दछ। यस प्रक्रियामा स्थानीय एनेस्थेसिया प्रयोग गरिन्छ ।
विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी अस्पतालमा मुटुरोग उपचारका लागि अन्यत्र जान नपर्नेगरी विभिन्न सेवाहरू थप गर्ने योजना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले जनाए ।
अस्पतालमा क्याथल्याव सेवा अन्तरगत १ जनाको स्थायी पेसमेकर राख्नुका साथै ३ जनालाई अस्थायी पेसमेकर राख्ने काम समेत सफल भएको छ । क्याथल्याव सेवा सुरु भएपछि हालसम्म ८० जनाको एन्जियो ग्राफी गरिएको तथ्याङ्कमा उल्लेख छ ।
अस्पतालमा केहीअघिदेखि ट्रेड मिल टेस्ट (टिएमटी) सेवा समेत सञ्चालन गरिएको छ । यसबाट मुटुका नशाहरुमा ब्लकेजहरु भएर नभएको थाहा पाउन सकिने र सोही अनुसार उपचार गर्न सजिलो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण