बर्दिबासका स्थानीयद्वारा रेल विभागमा धर्ना
बिहीबार, ०७ चैत २०८१, १२ : ०७

काठमाडौँ । रेल्वे आयोजनाका मुआब्जा पीडित बर्दिबासका स्थानीयवासीले रेल विभागअगाडि धर्ना दिएका छन् । बर्दिबास भंगाहाको मुआब्जा वितरण गर्दा जनकपुर रेल्वे कार्यालयका प्रमुख विनोदकुमार ओझाले नियम विपरीत मुआब्जा वितरण गरेको आरोप लगाउँदै वर्दिवासको रेल्वे आयोजना पीडित सङ्घर्ष समितिले विभागमा धर्ना दिएको हो ।
बर्दिबासका स्थानीय नीरज अधिकारीले माग पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । उक्त समस्या समाधानका लागि रेल विभागका महानिर्देशक अजय मूललगायत विभागका कर्मचारीसँग छलफल भएको तर समस्या समाधान नभएको भन्दै उनीहरूले धर्ना थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्ष पीडितको समस्या समाधान गर्ने अधिकार स्थानीय सरकारसँग छैन
-
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला
-
१६ उपाधि र प्रशिक्षक ग्वार्डियोलाको आँखामा आँसुदेखि रङ्गशाला परिसरमा प्रतिमासम्म
-
आरक्ष पीडितको आँखामा छारो हाल्ने काममात्रै भयो
-
ट्रम्पद्वारा १७५ अर्ब अमेरिकी डलरको मिसाइल प्रतिरक्षा प्रणालीको घोषणा
-
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि