प्रचण्डको स्वास्थ्यमा समस्या भएकाले सम्पर्क हुन नसकेको जवाफ पाएँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो टुङ्ग्याउन प्रयासरत रहेको भन्दै पीडितलाई न्याय दिने बारेमा सरकार गम्भीर रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद विमला सुवेदीले शान्ति प्रक्रिया र आयोग गठनबारे सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
त्यसक्रममा उनले अहिले पनि प्रमुख प्रतिपक्ष दलका नेतासँग छलफलका लागि पहल गरे पनि पछिल्लो समय प्रतिपक्ष दलका नेता प्रचण्ड अस्वस्थ भएकाले छलफल हुन नसकेको जनाए ।
‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्रीले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु । विपक्षी दलका नेतासँग सम्पर्क गर्न खोज्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क हुन नसकेको भन्ने जवाफ पाएको छु । सम्पर्क हुने वित्तिकै काम अघि बढाइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण