स्ववियु निर्वाचन
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित
बिहीबार, ०७ चैत २०८१, १६ : ०३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो ।
स्ववियु निर्वाचनको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको छ । उक्त मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा आजका लागी पेशी तोकिएको थियो । अदालतले सात गतेका लागि पेसी तोकेको थियो ।
उक्त पेसीबारे त्रिविलाई जानकारी दिनु भनी आदेश समेत दिएको थियो । आज अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले अन्तरिम आदेशका लागि १० गते तोकिएको छ ।
अन्तरिम आदेशको छलफलको टुङ्गो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले जारी गरेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण