धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु कार्यालयमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको तालाबन्दी
धादिङ । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियुको कार्यालयमा तालाबन्दी गरिएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने, क्याम्पस प्रशासन कुनै सङ्गठन वा पार्टीको स्वार्थमा चल्न नहुने र २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको अवस्थामा प्रशासनले त्यसलाई मान्यता दिन नहुने माग राख्दै तालाबन्दी गरेका हुन् ।
स्ववियु निर्वाचन निर्देशिका २०८१ ले २०७९ सालको स्ववियुको कार्यकाल चैत ४ गतेदेखि स्वतः सकिने उल्लेख छ । तर, कलेज प्रशासनले पुरानै स्ववियुलाई ब्युँताउने काम भएको भन्दै आपत्ति जनाएका हुन् । क्याम्पस प्रशासनले बेवास्ता गर्दै पुरानै समितिलाई मान्यता दिनेगरी संगठनको काम कारबाही अगाडि बढाएको अखिल क्रान्तिकारी धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले बताए ।
निर्वाचनको कुनै पनि प्रक्रिया अगाडि नबढाएको तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउनुपर्ने माग अघि सारिएको अध्यक्ष रिजालले बताए ।
विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा थप सशक्त सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए । दुवै सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनको लापरबाही र नियोजित चलखेलका कारण तोकिएको समयमा निर्वाचन हुन नसकेको आरोप लगाएका छन् ।
कुनै सङ्गठन वा दल विशेषको प्रभावमा प्रशासन सञ्चालन हुनु अत्यन्तै निन्दनीय भएको उनीहरूको भनाइ छ । स्ववियु कार्यकक्षमा गरिएको तालाबन्दी माग पूरा नभएसम्म कुनै पनि हालतमा निर्वाचन प्रक्रियामा सहभागी नहुने समेत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण