अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै पैसा माग्ने पोखरा महानगरका एक कर्मचारी पक्राउ
बिहीबार, ०७ चैत २०८१, २० : ३०
काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी मिलाइदिन्छु भनी पैसा माग्ने पोखरा महानगरका एक कर्मचारी पक्राउ परेका छन् ।
महानगरमा अख्तियारको उजुरी फर्छ्यौट गर्ने संयोजन समितिका संयोजक तथा प्रशासन अधिकृत कपिल गिरीलाई पक्राउ गरिएको आयोगको कार्यालय पोखराले जानकारी दिएको छ ।
आयोगका अध्यक्ष आसमान तामाङका अनुसार गिरीले सेवाग्राहीलाई तपाईँविरुद्ध अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भनी २५ हजार रुपैयाँ लिएका थिए ।
गिरीले कृत्रिम उजुरी तयार गरि १ लाख रुपैयाँको बार्गेनिङ गरेको सूचनाको आधारमा गिरीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याइएको र थप अनुसन्धान भैरहेको जानकारी अध्यक्ष तामाङले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण