कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना १०० भन्दा बढी विदेशी नागरिक बसोबास गरिरहेका पाइएको छ ।
यसबारे जानकारीसँगै जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्र उक्त क्षेत्र खाली गर्न निर्देशन दिएको छ। भारत, अमेरिका, चीन लगायतका विभिन्न देशका नागरिक ‘रेन्बो फेमिली ग्यादरिङ’ नाम दिएर समूहमा आएको र कुनै आधिकारिक निकायबाट अनुमति नलिई बसिरहेको पाइएपछि उनीहरूलाई गन्तव्यतर्फ जान निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए । बिहीबार नै हमाल नेतृत्वको टोली उनीहरु भएको स्थानमा पुगेको थियो ।
स्थानीयवासीबाट विदेशी नागरिकहरू अर्धनग्न भएर हिँड्ने, अस्वाभाविक गतिविधि गर्नेजस्ता गुनासो आएपछि जिल्ला सुरक्षा समितिका प्रमुखहरू समेत हमाल अनुगमनका लागि पुगेका थिए। प्रशासनका अनुसार शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने कुनै गतिविधि भेटिएको छैन, तर कानुनी रूपमा अनुमति नलिएको हुनाले बसोबास गर्न नदिने निर्णय गरिएको हो।
अनुगमनका क्रममा ती विदेशी नागरिकहरूले आफूहरू प्रकृति प्रेमी (नेचर लभर) रहेको बताउँदै विभिन्न देशका प्राकृतिक स्थानहरूमा पुगेर बस्ने गरेको बताएका थिए। तर नेपाल सरकार वा कुनै स्थानीय निकायबाट अनुमति नलिई बसिरहेको पुष्टि भएपछि प्रशासनले तत्काल क्षेत्र खाली गर्न निर्देशन दिएको हो।
केही महिना पहिले यस्तै समूह अछामको रामारोशन क्षेत्रमा पनि प्रवेश गरेको थियो भने प्रशासनको हस्तक्षेपपछि उनीहरू त्यहाँबाट हटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण