छायाँनाथ रारा नगरपालिका पूर्व मेयरसहित ९ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । मुगुको छायाँनाथ रारा नगरपालिका पूर्व मेयर हरिजंग शाही, उपमेयर सुन्तला सुन्तला रोकाय, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित ९ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियारले सडक निर्माण कार्य तोकिएको मापदण्डअनुसार नगरी १५४९.०५ घनमिटर बराबरको काम नगरी गलत नापी किताब, कार्य सम्पन्न प्रतिवेदन बनाइ भुक्तानी दिएको आरोपमा उनीहरूविरुद्ध विशेषमा अभियोगपत्र दायर गरेको थियो ।
विशेषले अख्तियारको अनुसन्धान प्रक्रियामै त्रुटि रहेको, स्थलगत निरीक्षणका प्रतिवेदनहरू एकरूप नभएको र निर्माण सम्पन्न भएको चार वर्षपछि मात्र जाँच गरिएको आधार देखाइ उनीहरुलाई सफाइ दिएको थियो ।
अख्तियारले वडा सदस्य पशुपति शाही, इन्जिनियर महेश कठायत, असिस्टेन्ट सब(इन्जिनियर हस्तबहादुर मल्ल, उपभोक्ता समितिका पदाधिकारी रामप्यारी शाही, नानी कामी र सादना मल्ललाई समेत प्रतिवादी बनाएको छ ।
२०७४/७५ आर्थिक वर्षमा वडा नं ७ अन्तर्गत बिसौनीदेखि किउरीसम्म निर्माण गरिएको थियो । उक्त सडकको निर्माण कार्य तोकिएको मापदण्डअनुसार नभएको दाबी अख्तियारको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण