खाद्य पदार्थमा फ्याट परीक्षण हुने, पालना नगरे कारबाही गर्ने विभागको चेतावनी
काठमाडौँ । खाद्य प्रविधि तथा नियन्त्रण विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट परीक्षण तथा नियमन गर्ने भएको छ । विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको विश्लेषण परीक्षणको क्षमता अभिवृद्धि तथा प्रयोगशालाको व्यवस्था गरी खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट परीक्षण तथा नियमन गर्ने भएको हो ।
नेपाल राजपत्रको खण्ड ७३, सङ्ख्या ५३ नेपाल राजपत्र भाग ५ मिति २०८०/१०/२५ मा प्रकाशित अनिवार्य गुणस्तर मापदण्ड ०२.१८ खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा हुनुपर्छ । हाइड्रोजिनेसन विधिद्वारा तयार गरिएको वनस्पति घ्यू तथा आंशिक रूपमा हाइड्रोजिनेसन गरिएको वनस्पति तेल तयार गर्दा उत्पन्न हुने औद्योगिक ट्रान्स फ्याट र यस्ता पदार्थ प्रयोग गरी उत्पादन, सञ्चय वा विक्री वितरण गरिने खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको मात्रा उक्त खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशतभन्दा नबढेको हुनुपर्ने मापदण्ड निर्धारण छ ।
सो खाद्य पदार्थको लेबलमा ऐन नियम बमोजिम लगाउने लेबल विवरण साथै अनिवार्य रूपमा ट्रान्स फ्याटको मात्रा समेत उल्लेख गर्नुपर्ने प्रावधान छ । लेबलमा ट्रान्सफ्याट रहित भनी दावी गर्न खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा ०.२ ग्राम प्रति १०० ग्राम चिल्लो पदार्थको तौल भन्दा कम हुनुपर्ने व्यवस्था छ ।
दुई प्रतिशतभन्दा बढी ट्रान्स फ्याट भएको खाद्य पदार्थ नियमित प्रयोगले मानव स्वास्थ्यलाई हानी पुर्याउने हुँदा सम्पूर्ण खाद्य उत्पादक, आयातकर्ता, सञ्चयकर्ता तथा बिक्री वितरणकर्ताहरूलाई खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा सम्बन्धी मापदण्ड पालन गर्न समेत विभागका प्रवक्ता मोहनकृष्ण महर्जनको आग्रह छ । सो मापदण्ड पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण