राप्रपा नेपालका प्रवक्ता अधिकारीको उपचारको क्रममा अमेरिकामा निधन
शुक्रबार, ०८ चैत २०८१, १९ : ४६
काठमाडौँ । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको संयुक्त राज्य अमेरिकामा उपचारका क्रममा निधन भएको छ । जन्डिस देखिएपछि अस्पताल भर्ना भएका अधिकारीको लिभरमा समस्या आएपछि उपचारकै क्रममा निधन भएको हाे ।
राप्रपा नेपालले एक असल, भद्र तथा प्रखर राष्ट्रबादी ब्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रबादी आन्दोलनलाई अपुरणिय क्षती पुगेको जनाएको छ ।
अधिकारीको निधनमा पार्टीले केन्द्रिय कार्यालयका साथै देशभरका कार्यालयमा ३ दिन पार्टीको झन्डा झुकाउने र १३औं दिनमा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ । अधिकारीको पार्थिब शरिरको अन्त्येष्टि संयुक्त राज्य अमेरिकामै गरिने पार्टीले जनाएको छ । अधिकारीको जन्म २०१३ सालमा संखुवासभामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण