राप्रपा नेपालका प्रवक्ता अधिकारीको उपचारको क्रममा अमेरिकामा निधन
शुक्रबार, ०८ चैत २०८१, १९ : ४६

काठमाडौँ । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको संयुक्त राज्य अमेरिकामा उपचारका क्रममा निधन भएको छ । जन्डिस देखिएपछि अस्पताल भर्ना भएका अधिकारीको लिभरमा समस्या आएपछि उपचारकै क्रममा निधन भएको हाे ।
राप्रपा नेपालले एक असल, भद्र तथा प्रखर राष्ट्रबादी ब्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रबादी आन्दोलनलाई अपुरणिय क्षती पुगेको जनाएको छ ।
अधिकारीको निधनमा पार्टीले केन्द्रिय कार्यालयका साथै देशभरका कार्यालयमा ३ दिन पार्टीको झन्डा झुकाउने र १३औं दिनमा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ । अधिकारीको पार्थिब शरिरको अन्त्येष्टि संयुक्त राज्य अमेरिकामै गरिने पार्टीले जनाएको छ । अधिकारीको जन्म २०१३ सालमा संखुवासभामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला