कविता
मान्छेलाई सहयोग गरेर केही काम छैन
शनिबार, ०९ चैत २०८१, १० : १५
मान्छेलाई सहयोग गरेर
केही काम छैन
किनकि जति गरे पनि
त्यसले गुण सम्झिने हैन
खाना पकाउने टुहुरो केटो
हालिदिएँ स्कुल काम गर्दै पढ्यो
वकिल बन्यो घमण्ड चढ्यो
मैलाई पो चिन्न छोड्यो
बरु पशुलाई खुवाए पियाए
बफादार भई बिर्सिँदैन
अवसरवादी मान्छेलाई दया गरेर
केही काम छैन
अलपत्र परेको नातेदारलाई
काम नहुन्जेल घरमा पालेँ
काम भई बन्दोबस्त भएपछि त
मेरै पो बदनाम गर्न थाले
पोल खुल्ला भन्ने लाजले हो कि
नदेखे झैँ गर्छ बोल्न खोज्दैन
बैगुनी मान्छेलाई जिउ ज्यान दिएर
केही काम छैन
मान्छेलाई सहयोग गरेर
केही काम छैन
किनकि जति गरे पनि
त्यसले गुण सम्झिने हैन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण