विश्व नम्बर एक एरिना सबालेन्का मियामी ओपनको अन्तिम १६ मा
आइतबार, १० चैत २०८१, ०५ : १३
काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी एरिना सबालेन्का मियामी ओपनको अन्तिम १६ मा पुगेकी छन् । उनकी प्रतिद्वन्द्वी एलेना गाब्रिएला रुसे चोटग्रस्त भई बाहिरिएकी छन् । नाओमी ओसाका र कोको गफले भने जित निकालेका छन् ।
रोमानियाकी रुसे दोस्रो खेल पहिल्यै खुट्टाको चोटका कारण बाहिरिइन् । जहाँ सबालेन्काले पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेकी थिईन् । जसले उनलाई अन्तिम १६ को यात्रा तय गरायो ।
जापानी ओसाकाले लगभग तीन घण्टा चलेको खेलमा अमेरिकी वाइल्ड कार्ड हेली बापटिस्टलाई हराईन् । विश्व वरिताको ९८ नम्बरकी बापटिस्ट निर्णायक तेस्रो सेटमा ४-३ ले सर्भिस गरिरहँदा ओसाकाले उत्कृष्ट पुनरागमन गरिन् ।
दुई घण्टा ५९ मिनेट ५७ सेकेण्ड चलेको म्याच ७-५ (८-६) ३-६ ६-४ को नतिजामा टुंगियो । यो टुर्नामेन्ट मध्ये कै सबैभन्दा लामो खेल थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण