अमेरिकाले सिराजुद्दीन हक्कानी समेत तालिबानका तीन नेतामाथि राखेको इनाम हटाएको हो ?
वासिङ्टन डीसी । अमेरिकाले तालिबानका तीन नेता सिराजुद्दीन हक्कानी, अजिज हक्कानी र याह्या हक्कानीमाथि राखेको इनाम हटाएको बताएको छ । अफगानिस्तानमा तालिबान अधिकारीहरूले यस्तो बताएका हुन् ।
तर, यसबारे अमेरिकाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको रिपोर्ट अनुसार, अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले शनिवार भने कि अमेरिकाले सिराजुद्दीन हक्कानीमाथि घोषणा गरिएको १ करोड डलरको इनाम हटाएको छ ।
उता एफबीआईको वेबसाइटमा भने अफगानिस्तानका कार्यवाहक गृहमन्त्री सिराजुद्दीन हक्कानीमाथि अझै पनि एक करोड डलरको इनाम हरेको छैन । हक्कानीले अफगानिस्तानमा अमेरिकी र गठबन्धन सेना विरुद्ध सीमापार आक्रमणहरूमा भाग लिएको सो वेबसाइटमा भनिएको छ ।
सिराजुद्दीन हक्कानीसँगै अब्दुल अजिज हक्कानी र याह्या हक्कानी पनि अमेरिकाको वान्टेडको सूचिमा छन् । ट्रम्प प्रशासन अफगानिस्तानमा कैद गरिएका अमेरिकी नागरिकहरूको रिहाइ सुनिश्चित गर्न प्रयासरत छ । अफगानिस्तानमा दुई दशकदेखि चलिरहेको युद्धमा २ हजार भन्दा बढी अमेरिकी सेवा सदस्यहरू मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण