झापाको ५८ बिघा जग्गा घोटाला प्रकरणको पेसी हेर्न नमिल्नेमा
झापा । झापाको बालुवाटारमा भएको ५८ बिघा जग्गा घोटाला प्रकरणका प्रतिवादी नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झासहितको पेसी हेर्न नमिल्नेमा परेको छ । विशेष अदालतमा न्यायाधीशत्रय टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको थियो । अख्तियारले २०८० फागुन १३ गते गते विशेष अदालतमा तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झासमेत विरुद्ध मुद्दा दायर गरेको थियो ।
तत्कालीन प्रमुख नापी अधिकृत झाले सरकारी जग्गा स्थानीय माओवादी नेता गगन पुरी लगायतको नाममा दर्ता गराइदिँदा आफ्नै श्रीमतीको नाममा समेत राखेको पाइएको हो । मालपोत कार्यालय दमकले २०७५ भदौ १७ गते अख्तियारलाई पठाएको पत्रमा सुरुमा रेवतराज पुरीको नाममा दर्ता गरिएको साबिक दमक–६ को कित्ता नम्बर ३१४९४ वा पुनः कित्ताकाट भई कित्ता नम्बर ३३५२१ बनेको ८ कट्ठा जग्गा तत्कालीन नापी अधिकृत झाले आफ्नी श्रीमती अनारदेवी झाको नाममा दर्ता गराएको उल्लेख छ ।
सुरुमा रेवतराज पुरीको नाममा दर्ता गराइ त्यहाँबाट २०६७ जेठ २१ गते झाले आफ्नी श्रीमती अनारदेवीको नाममा जग्गा ल्याएको रेकर्ड देखिएको छ । तत्कालीन नापी अधिकृत झाको २०७५ साल पुस ७ गते मृत्यु भइसकेको छ । यद्यपि सरकारी जग्गा श्रीमतीको नाममा राखेको र करोडौँको सरकारी सम्पत्ति व्यक्ति विशेषका नाममा दर्ता गर्न सहयोग गरेको भन्दै झाकै सम्पत्तिबाट जफत गर्ने गरी झाविरुद्ध ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ ७५ पैसाको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
अख्तियारले झाको मृत्यु भइसके पनि उनले कमाएको वा बढाएको सम्पत्तिको नजिकको हकदार निजकै श्रीमती अनारदेवी झाको समेत बयान लिएको थियो । बयानका क्रममा अनारदेवीले अदालतले शशीकान्त झालाई दोषी ठहर गरेमा तिर्नुपर्ने क्षतिपूर्ति रकम तिर्ने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण