राष्ट्रियसभाबाट सहकारीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
आइतबार बसेको राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकउपर बैठकमा छलफल भएपछि बहुमतबाट स्वीकृत गरेको हो ।
त्यसअघि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारी मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको बताए । सहकारी पीडितहरूले समेत लामो समयदेखि आन्दोलन गरिरहेको अवस्थामा सबैलाई सम्बोधन गर्नका लागि कानुन आवश्यक रहेकाले विधेयक आवश्यक परेको उनको भनाई थियो ।
मन्त्री अधिकारीले तत्कालका समस्या समाधान गर्न विधेयक ल्याएको भन्दै यसमा रहेका अपूर्ण विषयहरूलाई सम्बोधन पूर्ण बनाउने प्रतिबद्धता जनाए । उनले सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार गम्भीर रहेको बताए ।
त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले पूर्णरुपमा छलफल गरेर विधेयक आउन सके उचित हुने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण