चार वर्षीय बालिका बलात्कार गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

लखनउ । भारतको उत्तर प्रदेश राज्यको बुलंदशहरमा चार वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ८० वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ ।
आरोपित वृद्धले छिमेककै बालिकालाई बलात्कार गरेको बताइएको छ । बुलंदशहर प्रहरीले आइतबार यस घटनाबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बलात्कारको घटना शनिबार साँझ भएको बताइएको छ । घरको छतमा हजुरबुवासँग खेल्दै गरेकी बालिका अचानक बेपत्ता भएकी थिइन् ।
केहीबेरमा छिमेककै एउटा घरमा बालिका चिच्याएको आवाज आएको थियो । बालिकाको परिवार त्यहाँ पुग्दा बालिकासँग ती वृद्ध आवत्तिजनक अवस्थामा पाइएको भनेर प्रहरीमा उजुरी परेको छ ।
प्रहरीका अनुसार बालिकाको गुप्ताङ्गबाट रगत बगेको थियो । उक्त सहरका प्रहरी प्रमुख शंकर प्रसादका अनुसार बालिकालाई उपचारका लागि अस्पताल पठाइएको छ । आरोपितलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?