डेनमार्कलाई पाखा लगाउँदै पोर्चुगल सेमिफाइनलमा
काठमाडौँ । डेनमार्कमाथि सजिलो जित हात पार्दै पोर्चुगल यूईएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले आइतबार राति सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेग खेलमा डेनमार्कलाई ५–२ गोलले हरायो ।
पोर्चुगल ५–३ कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेग खेलमा डेनमार्क १–० गोलले विजयी भएको थियो । क्वार्टरफाइनलको दोस्रो लेग खेलमा पोर्चुगलले आत्मघाति गोलमार्फत अग्रता लिएको थियो ।
खेल सुरु भएको ३८औँ मिनेटमा डेनमार्ककका चोचिम एन्डर्सनबाट आत्मघाति गोल भएको थियो । सोही गोलका कारण पहिलो हाफमा पोर्चुगल १–० ले अगाडि रह्यो । ५६औँ मिनेटमा डेनमार्कका रासमस क्रिस्टिन्सनले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
निर्धारित समयको ७२औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि पोर्चुगल फेरि २–१ ले अगाडि बढ्यो । ७६औँ मिनेटमा भ्रमणकारी टोली डेनमार्कका लागि क्रिस्टियन इरिक्सनले जवाफी गोल गरे । त्यो गोलपछि खेल २–२ गोलको बराबरीमा पुग्यो ।
त्यसपछि घरेलु मैदानमा पोर्चुगलका फ्रान्सिस्को ट्रिन्काओले लगातार दुई गोल गरे । उनले ६ मिनेटको बिचमा दुई गोल गरेका थिए । निर्धारित समयको ८६औँ मिनेटमा पहिलो गोल गरेका उनले ९१औँ मिनेटमा व्यक्तिगत रुपमा दोस्रो गोल थपेका थिए ।
उनको गोलपछि पोर्चुगलले खेलमा ४–२ को अग्रता हासिल गरेको थियो । दोस्रो हाफको इन्जुरी समयमा गोन्सालो रामोसले पोर्चुगलका लागि पाँचौँ गोल गरेका थिए । प्रतियोगिताको सेमिफाइनलमा पोर्चुगलले बलियो प्रतिद्वन्द्वी जर्मनीको सामना गर्नेछ ।
सेमिफाइनल खेल आगामी जुन ४ तारिखमा खेलिने छ । पोर्चुगल यूईएफए नेशन्स लिगको पहिलो संस्करणको विजेता पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण