जोफ्रा आर्चरलाई ‘कालो ट्याक्सी’ भनेपछि विवादमा तानिए हरभजन सिंह
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको थियो । उक्त खेलका क्रममा एक खेलाडीमाथि रङ्गभेदी टिप्पणी गरेको आरोपमा भारतका चर्चित क्रिकेटर हरभजन सिंह विवादमा तानिएका छन् ।
सामाजिक सञ्जालमा अहिले पूर्व क्रिकेटर हरभजन सिंहको ब्यापक आलोचना पनि भइरहेको छ । खेलका क्रममा हरभजन सिंहले इङ्ल्यान्डका प्रभावशाली बलर जोफ्रा आर्चरप्रति अप्रिय टिप्पणी गरेका थिए । हरभजनले जोफ्रा आर्चरलाई ‘कालो ट्याक्सी’ भनेर सम्बोधन गरेका थिए ।
इङ्ल्यान्डका २९ वर्षीय दाहाँहाते तीव्र गतिका बलर जोफ्रा आर्चर हाल राजस्थान रोयल्सबाट आईपीएल खेलिरहेका छन् । सनराइजर्स हैदरावादविरुद्धको खेलमा उनले चार ओभरमा ७६ रन खर्चिएका थिए । तर, विकेट लिन सकेका थिएनन् । उनी आईपीएलको इतिहासमै सबैभन्दा बढी रन खर्चने बलर पनि बनेका छन् ।
जोफ्रा आर्चरप्रति गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा हरभजनले निकै आलोचनाको सामना गर्नु परिरहेको छ । पहिलो पालीको १८ औँ ओभरमा जोफ्रा आर्चर राजस्थान रोयल्सका लागि बलिङ गर्न आएका थिए ।
त्यतिबेला सनराइजर्स हैदरवादका ब्याट्सम्यान ईशान किशन र हेनरिक क्लासेन क्रिजमा थिए । क्लासेनले जोफ्रा आर्चरको बलमा लगातार बाउन्ड्री प्रहार गरेपछि हरभजनले उनलाई ‘कालो ट्याक्सी’ भनेर सम्बोधन गरेका थिए ।
हरभजनले भनेका थिए, ‘लन्डनमा कालो ट्याक्सीको मिटर निकै तीव्र गतिमा दौडन्छ । यहाँ जोफ्रा आर्चर सरको मिटर पनि निकै तिब्रगतिमा दौडिरहेको छ ।’
समथर्कहरुले हरभजनको टिप्पणी रङ्गभेदी दुर्व्यवहार भएको बताएका छन् । समर्थकहरूले हरभजनलाई जारी आईपीएलको कमेन्ट्री प्यानलबाट हटाइनु पर्ने माग पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण