‘महाभोज’को लागि निश्चलले गाए ‘लालुमै’ गीत
काठमाडौँ । निर्देशक, अभिनेता निश्चल बस्नेत कहिलेकाँही गीत पनि गाउने गरेका छन् । यस्तैमा उनले फिल्म ‘महाभोज’का लागि ‘लालुमै’ शीर्षकको गीत गाएका छन् । गीत काठमाडौंको एक स्टोडियोमा रेकर्ड गरिएको हो ।
गीतमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको संगीत छ । आगामी जेठमा प्रदर्शन हुने फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । रोचक कुरा के छ भने, निश्चल बस्नेतलाई ‘काले दाइ’ भनेर चिनाउने अवसर पनि निर्देशक राउतकै २०७४ सालमा रिलिज भएको फिल्म ‘पर्व’ को गीत ‘काले दाइ’ थियो । उक्त गीतमा बस्नेतले नै स्वर दिएका थिए ।
निर्देशक दिनेश राउतका अनुसार ‘लालुमै’ गीतको लागि बस्नेत नै स्वर उपयूकत भएकोले समेटिएको हो । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्रसिंह कुशवाह लगायतको अभिनय छ । क्लकवर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म हिमाल कडरियाले बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण