एमसीसी रोक्न नेकपाले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्ने

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्रचार गर्ने भएको छ ।
सोमबार एमसीसी सरोकार समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीले पत्रचार गर्ने जानकारी गराएको हो । ट्रम्प राष्ट्रपति भए लगत्तै ९० दिनको लागि अमेरिकाले एमसीसी परियोजना अन्तर्गतको सहयोग रोकेको थियो । तर एमसीसीका केही परियोजनालाई निरन्तरता दिने घोषणा गरेपछि नेकपाले विरोध जनाएको हो ।
‘हामी यथास्थितिमा एमसीसी लागु नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान–कानुन मातहत रहने सुनिश्चितता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षसंग हार्दिक अनुरोध गर्दछौं । अन्यथा नयाँ स्तरको जनआन्दोलनद्वारा एमसीसी र त्यस्का पक्षधरहरु बढारिनेछन् । अन्त्यमा, एमसीसी सरोकार समितिको तर्फबाट एमसीसी रोक्न अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरिने पनि जानकारी गराइन्छ’, सोमबार समितिको तर्फबबाट भरत सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’
-
पाँचथरबाट ‘जारी २’को छायाङ्कन सुरु
-
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण (तस्बिरहरू)
-
गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
-
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’