कारको विक्री आम्दानीमा टेस्लालाई बीवाईडीले उछिन्यो
बेइजिङ । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले २०२४ को लागि आफ्नो वार्षिक आम्दानीको घोषणा गरेको छ । कम्पनीले दिएको पछिल्लो जानकारीका अनुसार कारको विक्री आम्दानीमा उसले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लालाई उछिनेको छ ।
२०२४ मा कम्पनीको विक्री ७ खर्ब ७७ अर्ब युआन (१ खर्ब ७ अर्ब अमेरिकी डलर) रहेको छ । यो अघिल्लो वर्षको भन्दा २९ प्रतिशत धेरै हो ।
सोही अवधिमा टेस्लाको कूल आम्दानी ९७ अर्ब ७० करोड डलर थियो । बीवाईडीले टेस्लाको मोडल थ्रीलाई टक्कर दिन न्यून मूल्यका कार लन्च गरेको थियो । चीनको विद्युतीय कार बजारमा लामो समयदेखि टेस्लाको वचर्श्व थियो । तर गएको वर्ष कम्पनीको उक्त वर्चस्वलाई बीवाईडीले तोडेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध र सरकारी निकायको अगुवाइको जिम्मा पाएपछि विश्वभरबाट नै मस्कले नकारात्मक टिप्पणी खेपिरहेका छन् । २०२४ मा बीवाईडीले विश्व बजारमा १७ लाख ९० हजार थान कार बेचेको छ । सोही अवधिमा टेस्लाको विक्री १७ लाख ६० हजार थान थियो । आइतबार बीवाईडीले टेस्लालाई टक्कर दिन नयाँ कार लन्च गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण